


फाेटाे : बाह्रखरी




पोखरा – राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

पोखरा सभागृहमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो। अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले पहिलो मतदान गरे।

निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ। हरेक प्रदेशको लागि फरक फरक बुथ राखिएको छ।
निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ। थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन्।
पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन्। महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन्।





Views: 44