




काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा देउवा हङकङ भ्रमणमा जाने भएकी छन्। हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय मध्यस्थता संगठनको स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी हुने हङकङ जाने भएकी हुन्।



परराष्ट्रमन्त्री राणा जेठ १४ गते त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्रमन्त्री राणा पर्यवेक्षकको रूपमा उक्त समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयको भनाइ छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको हङकङ भ्रमण स्वीकृत गरेको थियो। उनी जेठ १८ गतेसम्म स्वदेश फर्किने तालिका छ।





Views: 147