Aamsanchar

गृहमन्त्रीले पत्रकार सम्मेलन गर्दै

Author Image
बुधवार, जेठ १५, २०८२

काठमाडौं – भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनको तयारी गरेका छन् । उनी निकट स्रोतका अनुसार प्रतिनिधिसभाको अवरोध नहटे पत्रकार सम्मेलनबाट आफ्नो कुरा राख्ने तयारी छ । तर विपक्षीहरुको अवरोध हटे संसद् बैठक मार्फत् आफ्नो कुरा राख्ने गृहमन्त्रीको तयारी छ ।

गृहमन्त्री लेखकले संसद्‌मा बोल्न समय लिएका छन् । तर विपक्षीहरुले पदबाट राजीनामा मागेर संसद् अवरोध गरिरहेका छन् । ‘सकेसम्म संसद् अवरोध हटाएर त्यही सम्बोधन गर्ने तयारी छ’ गृहमन्त्री निकट स्रोतले भन्यो, ‘अवरोध नहटे पत्रकार सम्मेलन हुन्छ ।’

 

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर