Aamsanchar

म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेरा विरुद्ध कतै उजुरी छ ? : गृहमन्त्री

Author Image
बुधवार, जेठ १५, २०८२

काठमाडौं – गृहमन्त्री रमेश लेखकले आफू अन्यायमा परेको गुनासो गर्दै न्याय माग गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै न्याय माग गरेका हुन् ।

‘मैले कसैका प्रति असम्मान गर्नु छैन । आग्रह पूर्वाग्रह राख्न परेको छैन । न्याय त मैले पनि पाउनुपर्ने होला नि?,’ गृहमन्त्री लेखकले भनेका छन्, ‘कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेरा विरुद्ध कतै उजुरी छ ? मेराविरुद्ध कहिँ छानबिन भइरहेको छ ? तर, मैले न्याय त माग्न पाउनुपर्ला नि ।’

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर