Aamsanchar

यस्तो देखियो राजावादीको प्रदर्शन

Author Image
शुक्रवार, जेठ १७, २०८२

काठमाडौं – राजावादीहरूको राजधानी केन्द्रित आन्दोलन आज पनि जारी छ । गणतन्त्र खारेज गरी राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजीवादीहरूले १५ जेठदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।

राजावादीहरूले आज माइतीघर मण्डला र बबरमहल क्षेत्र केन्द्रित आन्दोलन गरिरहेका छन् । १५ जेठमा काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित निस्किएको राजावादीहरूको प्रदर्शन शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आह्वानमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सहित राप्रपा नेपाल लगायत दल तथा समूहहरू पनि आन्दोलनमा सहभागी छन् ।

शुक्रबारको प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत नेताहरू पनि छाता ओढेर सहभागी भएका छन्।

 

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर