




काठमाडौं : वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ। पारिवारीक स्रोतका अनुसार उपचारका क्रममा आज हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो।


७८ वर्षीय उनी प्रोस्टेट क्यान्सरको बिरामी थिए। रसिककी छोरी बेलायतमा रहेकाले उनी नेपाल फर्किएपछि मात्रै रसिकको अन्तिम संस्कार गरिने भएको छ।
रसिकले गीत-संगीत मात्र नभएर नेपाली साहित्यिक क्षेत्रमामा योगदान दिएका छन्।

उनका कथा, कविता, उपन्यास, संस्मरण र निबन्ध विधाका संग्रह प्रकाशित छन्।






Views: 36