




बिर्तामोड- विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि भरोसायोग्य गन्तव्य बनिसकेको फस्ट स्टेप एजुकेसन कन्सल्टेन्सी अब बिर्तामोडमा पाँचौं शाखा सञ्चालनमा ल्याउने तयारीमा छ। यसअघि काठमाडौं, बुटवल, नेपालगञ्ज र दाङमा शाखाहरू सञ्चालनमा ल्याइसकेको यस संस्थाले पूर्वी नेपालका विद्यार्थीहरूलाई लक्षित गर्दै बिर्तामोडमा सेवा विस्तार गर्न लागेको हो। यश संस्थाको स्थापना सन् २००८मा भएको बताईएको छ ।


बिर्तामोड शाखाको प्रमुखको जिम्मेवारी दीक्षा बस्नेतलाई दिइएको छ।

संस्थाका प्रबन्ध निर्देशक अमित पौडेलले विद्यार्थीलाई विदेशमा उच्च शिक्षा हासिल गराउन मार्गदर्शन गर्ने उद्देश्य रहेको बतनउनुभयाे।

फस्ट स्टेपले अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत, न्यूजील्याण्ड, युरोपेली संघ, भारत र सिंगापुर जस्ता देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन प्रदान गर्दै आएको छ।
संस्थाले IELTS, TOEFL, PTE, GRE, SAT, GMAT लगायत अन्तर्राष्ट्रिय परीक्षा तयारी कक्षा पनि सञ्चालन गर्छ। साथै भारतका उत्कृष्ट विश्वविद्यालयहरूसँगको सहकार्यमा MBA, विज्ञान, आर्टिफिसियल इन्टेलिजेन्स लगायत विषयहरूमा छात्रवृत्तिको सुविधा समेत दिलाउँदै आएको छ।




