बिर्तामोड। नेपालकै एक अग्रणी शैक्षिक परामर्श संस्था काठमाडौं इन्फोसिस एजुकेशनल कन्सल्टेन्सी (KIEC) ले आफ्नो १६ औं शाखा बिर्तामोड–भद्रपुर रोड पूर्वतर्फ सञ्चालनमा ल्याउने भएको छ। १९ वर्षदेखि विदेश अध्ययन परामर्श क्षेत्रमा क्रियाशील यस संस्थाको नयाँ शाखा जेठ २५ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ।


बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा सञ्चालक सदस्य आलोक कार्कीले शाखा विस्तारको जानकारी दिँदै उद्घाटनकै दिन बिर्तामोडमा विशेष Road Show कार्यक्रम पनि आयोजना गरिने बताए।


१२ अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता
कार्यक्रममा विदेशका १२ विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन्। उनीहरूसँग विद्यार्थी र अभिभावकहरूले सिधै परामर्श लिन सक्ने अवसर पाउनेछन्, जसअन्तर्गत विश्वविद्यालय छनोट, पाठ्यक्रम, छात्रवृत्ति, भर्ना प्रक्रिया, भिसा, आवास र भविष्यको करियर सम्बन्धी प्रत्यक्ष जानकारी लिन सकिनेछ।

कार्यक्रममा KIEC का कार्यकारी प्रमुख राजेन्द्र रिजालको विशेष उपस्थिति पनि रहनेछ।

उद्घाटनको दिन १०० प्रतिशत छात्रवृत्तिको अफर
बिर्तामोड शाखाका प्रवन्धक शुनिल भण्डारीका अनुसार उद्घाटनको अवसरमा IELTS वा PTE तयारी कक्षामा भर्ना हुने विद्यार्थीहरूलाई १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ। उनले यो विशेष अफर सीमित समयका लागि मात्र लागू हुने जनाउँदै इच्छुक विद्यार्थीहरूलाई समयमै आवेदन दिन आग्रह गरे।
KIEC का प्रमुख सेवा सुविधाहरू:
KIEC ले निम्न शैक्षिक परामर्श सेवाहरू प्रदान गर्दै आएको छ:
-
शैक्षिक मार्गदर्शन: अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, न्युजिल्याण्ड, जापान लगायतका देशहरूमा उच्च शिक्षा अध्ययनको लागि मार्गदर्शन।
-
IELTS, TOEFL, PTE तयारी कक्षा: अनुभवसिद्ध प्रशिक्षकहरूमार्फत गुणस्तरीय तयारी कक्षा।
-
विश्वविद्यालय आवेदन सहयोग: विश्वविद्यालय छनोट, SOP लेखन, स्कलरशिप जानकारी, आवेदन प्रक्रिया सहयोग।
-
विद्यार्थी भिसा परामर्श: आवेदन तयारीदेखि अन्तर्वार्तासम्मको समग्र सहयोग।
-
Pre-departure Orientation: विदेश यात्रा अघि आवश्यक तयारी, रहनसहन, संस्कृति र नियमसम्बन्धी प्रशिक्षण।
सञ्जाल विस्तार
नेपालमा १३ शाखा र विदेशमा ३ शाखा सञ्चालनमा रहेको KIEC को पूर्वी नेपालमा पहिले नै इटहरी र विराटनगरमा शाखाहरू छन्। अब बिर्तामोड शाखाको शुभारम्भसँगै झापा र आसपासका विद्यार्थीहरूले थप सहजता र नजिकबाट सेवा लिन सक्नेछन्।
पत्रकार सम्मेलनमा सञ्चालक प्रितम कोइराला र सुमन श्रेष्ठको पनि उपस्थिति रहेको थियो।




