झापा । झापाको कनकाई नगरपालिका–२ जामुनखाडीमा करेसाबारीमा बोडी टिप्न गएका ८ जना करेन्ट लागेर घाइते भएका छन्।


घाइते हुनेहरूमा ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की, १८ वर्षीय सलिन कार्की, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, २२ वर्षीया लक्ष्मी चौहान र ४४ वर्षीय तुलाराम कार्की रहेका छन्।


उनीहरू सबैलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएको छ। अस्पताल स्रोतका अनुसार घाइते सबैको अवस्था अहिले सामान्य रहेको छ।

विद्युत प्रवाह भएको तारमा छोएपछि करेन्ट लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

जामुनखाडी सिमसार क्षेत्र भित्र भने यो घटना भएको होइन ।





Views: 332