Aamsanchar

मधेश प्रदेशको नाम जनक वा जानकी राखेको भए हुने : देउवा

Author Image
शुक्रवार, जेठ २३, २०८२

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशको नाम जनक वा जानकी राखेको भए हुने बताएका छन्।

जनकपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले जनकपुर राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान् रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ भएकाले पनि यसको महत्त्व धेरै रहेको बताए।

उनले जनकपुर मैथिली भाषा बोलिने ठाउँ भएको बताए। राजर्षि जनक सानो राजा नरहेको भन्दै जनकको राजधानी कम्बोडियामा समेत रहेको भन्ने गरिएको पनि बताए।​

सभापति देउवाले भन्नुभयो, ‘राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान् रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको अत्यन्तै ऐतिहासिक, धार्मिक र महत्त्वपूर्ण ठाउँ हो जनकपुर। अत्यन्तै विकसित भाषा मैथिली बोलिने र पौराणिक ठाउँ भएकाले यसको धेरै महत्व छ। मधेश प्रदेशको नाम जनक प्रदेश वा जानकी प्रदेश राखेको भए भइहाल्थ्यो नि भनेर मैले भनेकै हो।’

सभापति देउवाले थाइल्याण्डका राजालाई राजा जनककै सन्तान मान्ने गरिएको पनि बताए।

Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर