Aamsanchar

पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारी प्रदेशसभा सदस्य पदबाट निलम्बित

Author Image
मङ्गलवार, जेठ २८, २०८२

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशसभा सदस्य एवम् पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता समेत रहेका सोडारीलाई प्रदेशसभाको हिजो बसेको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निलम्बन गरिएको व्यहोरा जानकारी गराउनुभएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार सोडारी उपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी प्राप्त भएकाले प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको सभामुख भण्डारीले बताउनुभयो । सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब एकीकृत समाजवादी पार्टीबाट तीन जना प्रदेशसभा सदस्य रहनुभएको छ ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर