बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोडको नेतृत्व अब प्रकाश शिवाकोटीको हातमा पुगेको छ। झापाको सामाजिक तथा व्यवसायिक क्षेत्रमा परिचित व्यक्तित्व शिवाकोटीले आइतबार साँझ एक विशेष समारोहबीच नयाँ कार्यसमितिसहित पदभार ग्रहण गरे।
कार्यक्रम बिर्तामोडस्थित सिद्धार्थ होटलमा सम्पन्न भयो, जहाँ शिवाकोटीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति औपचारिक रूपमा घोषणा गरिएको हो।
कार्यसमितिमा दिपक गिरी ‘प्रेसिडेन्ट इलेक्ट’ चयन भएका छन् भने प्रेसिडेन्ट नोमिनीको जिम्मेवारी पार्वता खरेल बिमलीले लिनेछिन्। क्लबको उपाध्यक्षमा आशा चटौत आचार्य र केदार गिरीले भूमिका निर्वाह गर्नेछन्। सन्ध्या बगरिया राठी सेक्रेटरी र अमोद आचार्य ट्रेजररको रूपमा चयन भएका छन्।
अन्य पदाधिकारीहरूमा पवन खेडिया (एडमिनिस्ट्रेसन डाइरेक्टर), सुशील अग्रवाल (मेम्बरसिप डाइरेक्टर), शैलेन्द्र कुरुम्बाङ (सर्भिस प्रोजेक्ट डाइरेक्टर), सुमित्रा बस्नेत भट्टराई (पब्लिक इमेज डाइरेक्टर), निकिता गिरी (रोटरी फाउन्डेसन डाइरेक्टर), सजेश शिवाकोटी (युथ सर्भिस डाइरेक्टर) र अशोक धानुका (सियरजेण्ट–एट–आम्र्स) रहेका छन्।
कार्यक्रममा रोटरीका डिस्ट्रिक्ट गभर्नर विनोद कोइराला, संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीलगायतले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए।

साथै सोही अवसरमा रोट¥याक्ट क्लब अफ बिर्तामोडको नयाँ कार्यसमिति पनि सार्वजनिक गरिएको थियो, जसको अध्यक्षता सुशील थापाले ग्रहण गरेका छन्।
नयाँ कार्यसमिति सन् २०२५–०२६ का लागि चयन गरिएको हो। यगतनयष्लन अध्यक्ष सुरेशकुमार अग्रवालको कार्यकाल सकिएसँगै नयाँ नेतृत्वले क्लबको जिम्मेवारी सम्हालेको हो।



