

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरी गरिएका दुईपांग्रे सवारीसाधन नियन्त्रणमा लिएर प्रहरीले सवारीधनीलाई हस्तान्तरण गरेको छ । सोमबार (असार ३०) काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक कार्यक्रमबीच ती सवारीसाधन हस्तान्तरण गरेको हो ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज १२ मोटरसाइकल र आठ स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।
कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बरप्लेटमा र केही नक्कली राखेको अवस्थामा उपत्यकाका विभिन्न स्थानबाट ती सवारीसाधन बरामद गरिएको उनले बताए ।

यस दिनका २० सहित चालु आर्थिक वर्षमा हालसम्म ४८० दुईपांग्रे सवारीसाधन ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । यही अवधिमा सवारीसाधन चोरीमा संलग्न ७४ जनालाई पनि आवश्यक कारबाहीका निम्ति विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको उनले जानकारी दिए ।

०८०/०८१ मा ट्राफिक प्रहरीले चोरीका ४१७ दुईपांग्रे सवारीसाधन बरामद गरेको थियो । २०७९/०८० मा चोरीका ४९९ दुईपांग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

