

धरान – सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल श्रेष्ठ निर्वाचित भएका छन्। सोमबार भएको संघको निर्वाचनमा शिवराज श्रेष्ठलाई भारी मत अन्तरले पराजित गर्दै गोपाल अध्यक्षमा निर्वाचित भएका हुन्।


निर्वाचित भएका गोपालले एक हजार ६ सय ५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डा। राजेन्द्र शर्माले बताए। पराजित शिवराजले ६ सय ४७ मत प्राप्त गरेका छन्। निर्वाचनमा २ हजार ३ सय ४० मत खसेको थियो।

संघको उद्योग महिला सदस्यमा मिना राई ९मगर० उद्योग खुल्ला सदस्यमा प्रभाव खतिवडा, कृष्ण पाठक, महेन्द्र प्रधान र विष्णु बराल निर्वाचित भएका छन्। वस्तुगत सदस्यमा नारायण लिम्बु र नबिन तामाङ निर्वाचित भएका छन्। एशोसियट सदस्यमा राजु साह, राजेश अग्रवाल र ललित अग्रवाल निर्वाचित भएका छन्।
महिला वाणिज्य सदस्यमा वर्षा अग्रवाल(श्रेष्ठ)निर्वाचित भएकी छिन। वाणिज्य तर्फको खुल्ला सदस्यमा शैलेस आचार्य, नबिन राजभण्डारी, रामस्वरुप शर्मा, विवेक अग्रवाल, किसन मस्के, अमित अग्रहरी, शशी साह र जयप्रकाश शर्मा निर्वाचित भएका छन्। संघको पदाधिकारी भने निर्वाचित सदस्य मध्यबाट पहिलो बैठकबाट चयन गरिने पूर्वअध्यक्ष सरोज श्रेष्ठले बताए।

