Aamsanchar

सहारा नेपालका कर्मचारीमाथि अभद्र व्यवहार : दुई जनाविरुद्ध पक्राउ पूर्जी जारी,  दोषीहरू फरार

Author Image
मङ्गलवार, असार ३१, २०८२

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरूमाथि अभद्र व्यवहार गरेको अभियोगमा मोरङ जिल्ला प्रशासन कार्यालयले दुई जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।

असार २८ गते मोरङको मिक्लाजुङस्थित मधुमल्ला सेवा केन्द्र प्रमुख  रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने विश्वकर्मा ऋण असुलीका क्रममा सेवाग्राहीको घरमा पुगेका थिए। सो क्रममा चन्द्रलाल मगरकी पत्नी माया मगर र नैनप्रसाद लिम्बूकी छोरी दुर्गा माया लिम्बूले कर्मचारीमाथि अपशब्द, गालीगलौज, हातपात तथा जुत्ताको माला लगाएर अभद्र व्यवहार गरेका थिए।

घटनापछि मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएको जानकारी अनुसार, आरोपीहरूको खोजी तथा पक्राउका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। तर प्रहरी परिचालन भएपछि दुबै जना फरार रहेको बताइएको छ।

यस घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सहारा नेपालले मंगलबार जिल्ला प्रशासन कार्यालय झापामा औपचारिक ध्यानाकर्षण पत्र बुझाएको छ। संस्थाका उपनिर्देशक दिनेश निरौला र सञ्चालक समितिका पदाधिकारीहरूले प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई भेटी घटनाको छानबिन र सुरक्षाको माग गरेका हुन्।

झापाको बिर्तामोड–२, चारपानेमा केन्द्रीय कार्यालय रहेको सहारा नेपालले कोशी प्रदेशका ६ जिल्लामा यस्तै ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। सेवाकेन्द्रहरूको सुरक्षामा जोखिम बढ्न सक्ने भन्दै संस्थाले स्थानीय प्रशासनको चासो र हस्तक्षेप आवश्यक भएको उल्लेख गरेको छ।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर