Aamsanchar

डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

Author Image
बुधवार, असार ३२, २०८२

जनकपुरधाम – सर्लाहीमा सडक बनाउनका लागि डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार बिहान १० बजेदेखि खेल्दाखेल्दै बालक बेपत्ता भएका थिए । खोजतलासको क्रममा घरबाट अन्दाजी पाँच सय मिटर दक्षिणपूर्व खाल्डोमा जमेको पानीमा राति ११ बजेतिर बालक मृत फेला परेका थिए ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर