

बिर्तामोड। झापाको हल्दिवारी गाउँपालिका–५ चारघरेका ८० वर्षीय भीमबहादुर बिष्टको पानीमा डुबेर मृत्यु भएको छ।

आज दिउँसो करिब १२स्३० बजे घाँस काट्न गएका बिष्ट फर्कने क्रममा भुतेनी खोलाको डिलबाट चिप्लिएर खोलामा खसेको आशंका गरिएको छ। सोही खोलामा डुबेको अवस्थामा उनलाई मृत फेला पारिएको हो।

मृतकका छोराले घटनाबारे दिउँसो ४स्२० बजे प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि खोलाबाट शव निकालेर किनारमा राखिएको र घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

साँझ ६स्४० बजे सबै कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको झापा प्रहरीले जानकारी दिएको छ।
Views: 133

