अर्जुनधारा जेसीको नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको इतिहासमै पहिलो पटक अध्यक्ष पदमा महिला नेतृत्व चयन हुनु विशेष उपलब्धिका रूपमा लिइएको छ।नवनिर्वाचित अध्यक्षमा विमला भट्टराई चयन भएकी छन्। यस्तै, उपाध्यक्षमा सुरेश गौतम र मिलन विष्ट चयन भएका छन्।

कार्यसमितिका अन्य पदाधिकारीहरूमा कानुनी सल्लाहकार रमेश विष्ट, कार्यकारिणी उपाध्यक्ष प्रजित थापा र उज्वल खरेल, महासचिव गौरव भण्डारी, सुमन राई, कोषाध्यक्ष रंजिता दुलाल, उपाध्यक्षहरुमा सुरेश गौतम, मिलन विष्ट, कमल बाँस्कोटा, गौरव दाहाल र सुमन राई निर्वाचित भएका छन् । तालिम संयोजक भीम बराल चयन भएका छन् ।

१२ औं अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालका लागि संस्थालाई अझ सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
Views: 56


