Aamsanchar

यस वर्ष हिमाल आरोहणका क्रममा दुई विदेशीसहित पाँच जना आरेहीको मृत्यु

Author Image
बुधवार, वैशाख ३०, २०८३

काठमाडौं – यस वर्ष हिमाल आरोहणका क्रममा दुई विदेशीसहित पाँचजना आरेही तथा पथप्रदर्शकको मृत्यु भएको छ ।

पर्यटन विभागका अनुसार सन् २०२६ को बसन्त ऋतुमा हिमाल आरोहण गर्न अनुमति प्राप्त पाँचजना आरोही तथा पथप्रदर्शकको हिमाल आरोणका क्रममा मृत्यु भएको हो ।

तीनजनाको सगरमाथा आरोहण र दुईजनाको मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मृत्यु हुनेमा तीनजना नेपाली पथप्रदर्शक रहेका छन् । उनीहरूमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ का लाक्पा डेन्डी शेर्पा, सोलुदुधकुण्ड नगरपालिका–७ का विजय घिमिरे र खुम्बु पासाङल्हामु गाउँपालिका–५ का फुरा गेल्जेन शेर्पा छन् । उनीहरू सबैको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हा ।

मृत्यु हुने दुई विदेशमा एकजना चेक रिपब्लिक र एकजना अमेरिकी नागरिक छन् । उनीहरू दुवैको मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको विभागले जनाएको छ । मृत्यु हुने चेक नागरिक डेभिड रुबीनेक र अमेरिकी नागरिक जोहान्सेन शेली रहेका छन् । यही वैशाख २० देखि २८ गतेसम्मको अवधिमा सगरमाथा र मकालु हिमाल आरोहणका क्रममा पाँचजनाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

 

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर