Aamsanchar

संसदमा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

Author Image
बुधवार, वैशाख ३०, २०८३

काठमाडौँ  – प्रतिनिधिसभा प्रतिपक्ष दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्ताव प्रस्तुत गर्न प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बोलाएपछि प्रतिपक्षी सांसदले आफ्नो सिटबाट उठेर विरोध जनाइरहेका छन्।

उनीहरूले प्रधानमन्त्री नै प्रस्ताव पेश गर्नुपर्ने र जवाफ दिनुपर्ने अडान राखेका छन्। सभामुख अर्यालले भने आफ्ना कुरा सांसदलाई बस्न आग्रह गरिरहेका छन्।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर