Aamsanchar

तमिलनाडुका मुख्यमन्त्री विजयले विश्वासको मत पाए

Author Image
बुधवार, वैशाख ३०, २०८३

काठमाडौं –  तमिलनाडु विधानसभामा बुधबार तमिलगा वेत्री कझगम (टीभीके) का नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गरेको छ । मुख्यमन्त्री जोसेफ विजयको सरकारको पक्षमा १४४ विधायकहरूले मतदान गरे। २३४ सदस्यीय विधानसभामा बहुमतका लागि ११७ सदस्यको समर्थन आवश्यक हुन्छ ।

बीबीसी अनुसार, सुरुमा मुख्यमन्त्री विजयले प्रस्ताव पेश गरेका थिए, जसका बारेमा सबै दलका विधायकहरूले पालैपालो आफ्नो धारणा राखेका थिए।

त्यसपछि ुडिभिजन बेन्च सिस्टमु ९मत विभाजन प्रणाली० बाट मतदान प्रक्रिया अगाडि बढाइएको थियो। यस प्रक्रियामा १४४ विधायकले मुख्यमन्त्री विजयको पक्षमा भोट हालेका छन् । प्रमुख प्रतिपक्षी दल डीएमकेले सदनबाट बहिर्गमन गरेपछि, सदनमा उपस्थित सदस्यहरूमध्ये २२ जनाले मात्र सरकारको विपक्षमा मतदान गरेका थिए।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर