Aamsanchar

टायर बालेर पूर्व पश्चिम राजमार्ग अवरुद्ध

Author Image
मङ्गलवार, जेठ ५, २०८३

महोत्तरी – डिभिजन वन कार्यालय महोत्तरीले अतिक्रमित जग्गामा घरटहरा हटाउने प्रक्रिया अगाडि बढाएपछि स्थानीयहरुले राजमार्ग अवरुद्ध गरेका छन्। वन अतिक्रमित क्षेत्रमा आवासीय पसल सञ्चालन गरेका ती घरटहरा हटाउन खोजेपछि स्थानीयहरुले टायर बालेर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

व्यापक मात्रामा सुरक्षाकर्मीसहित डोजर लिई त्यहाँका घर भत्काउन खोज्दा उनीहरु आन्दोलित भएका ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। विहान साढे ८ बजेदेखि शुरु भएको आन्दोलन विहान १० वजे वार्तामार्फत सहमति भएपछि आन्दोलन स्थगित भएको प्रहरीले जनाएको छ । बर्दिवास नगरपालिका–५ का वडाअध्यक्ष कारमान स्याङ्गवासँग उक्त घरहरु निर्माण गरिएकामध्ये हुकुम्वासीलाई घर खाली गराउने शर्तमा आजको लागि घरटहरा हटाउने प्रक्रिया स्थगित भएको हो ।

यसभन्दा अगाडि त्यहाँ निर्माण गरिएको घरटहरा हटाउनका लागि डिभिजन वन कार्यालय महोत्तरीले १५ दिने, ७ दिने र ३ दिने सार्वजानिक सूचना जारी गरिएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रले बताए । प्रमुख मिश्रले भने, ‘राजमार्ग छेउछाउमा अन्य स्थानका हुकुम्बासीले वनका जग्गा अतिक्रमित गरि घर निर्माण गरेका छन् । शुरुमा सानो पसल टहरा बनाएर शुरु गरिएको व्यवसाय अहिले अर्धपक्की घरको रुपमा निर्माण गरिसकेका छन् ।’ गौशाला नगरपालिका–१ र बर्दिवास नगरपालिका–५ अवस्थित महेन्द्र राजमार्गको छेउछाउमा २० वटा घरहरु छन् ।

 

Views: 420

प्रतिक्रिया (०)

सम्बन्धित खबर