Aamsanchar

 पाँचथरमा मोटरसाइकल भिरबाट खस्दा एक युवकको घट्नास्थलमै ज्यान गयो

Author Image
बिहिवार, जेठ १४, २०८३

 

पाँचथर- फिदिम नगरपालिका –८ मान्द्रेभीरमा मोटरसाइकल दुर्घट्ना हुँदा युवकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा फिदिम –८ का ३३ वर्षीय दिपेन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गुरुङ फिदिम नगरपालिका –८ इथुङदेखि घुमाउने टारस्थित घरमा आँउदैगर्दा वुधबार साँझ दुर्घटनामा पर्नु भएको थियो ।

नम्बर एकिन नभएको अनटेस्ट मोटरसाइकलमा सवार गुरुङको मोटरसाइकलसँगै भिरमा खस्दा घट्नास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । दुर्घटनामा परेका गुरुङको शव उद्वार गरी राति १ वजे पाँचथर अस्पतालमा ल्याइएको छ । मोटरसाइकल अझै पनि भिरबाट निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णले जानकारी दिनुभयो ।

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर