Aamsanchar

बाहुनडाँगीका नारायण आचार्यको हत्यामा संलग्न एक बालक पक्राउ

Author Image
सोमवार, साउन १२, २०७७

बिर्तामोड-  झापाको मेचीनगर-२ भृकुटीका कपडा व्यवसायी नारायण आचार्यको हत्यामा स्थानीय एकजना बालकको संलग्नता भएको प्रहरीले जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय झापाले व्यवसायी आचार्यको हत्यामा बालकको संलग्नता रहेको जनाएको हो ।

झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले घटनामा बालकको संलग्नता पुष्टि भएकाले उनको नाम गोप्य राखिएको बताए । कानुनतः अपराधमा संलग्न बालबालिकाको नाम गोप्य राख्नुपर्ने प्रावधान छ ।

डीएसपी थापाले पसलमा सामान खरिद गर्ने क्रममा भएको आपसी विवादका क्रममा ती बालकले आचार्यमाथि धारिलो हतियार प्रयोग गरेको जनाएका छन् । विवाद भएपछि ती बालकले आफन्तको घरमा गएर धारिलो हतियार लिएर आएको प्रहरीले जनाएको छ ।

आफ्नै पसलमा बसिरहेका बेला साउन ९ गते व्यवसायी आचार्यमाथि धारिलो हतियार प्रहार भएको थियो । गर्दनमा हतियार प्रहार भएपछि घाइते भएका आचार्यको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर