Aamsanchar

प्रहरी द्वारा तस्करी गर्न लुकाईएको १४७० किलो सुपारी बरामद

Author Image
सोमवार, साउन १२, २०७७

झापा । झापाको मेचीनगर नका क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभित्ताबाट खटिएको प्रहरी टोलीले सीमावर्ती क्षेत्रबाट सुपारी बरामद गरेको छ ।

मेचीनगर–४ स्थित नेपाल-भारत दशगजा क्षेत्रबाट प्रहरीले १४७० किलो सुपारी बरामद गरेको हो । दशगजा क्षेत्रमा लुकाइछिपाई राखेको सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

प्रहरीका अनुसार बरामद सुपारीको मुल्य ४ लाख ४१ हजार रुपैयाँ छ । बरामद सुपारी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर