Aamsanchar

‘मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ’

Author Image
बिहिवार, साउन १५, २०७७

मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरुलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरुमा जवर्जस्ती संलग्न गराउदछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ । मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ। कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो।

संसार अहिले आधुनीकिकरणको युगमा छ, तरपनि अझ नेपालसहित विश्वका धेरै देशहरुमा मानव बेचबिखन तथा ओसारपसार निक्कै गम्भीर समस्याको रुपमा रहेको पाइन्छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारणहरु बन्दै आइरहेका छन्। हरेक वर्षझै आज पनि ३० जुलाईको दिन संयुक्त राष्ट संघले मानव बेचबिखन सम्बन्धि जनमानसहरुमा सचेतना फैलाउन “अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस” मनाउदैछ ।

गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक जागिरको प्रलोभनमा त कतिलाई बिवाहवारीको मायाजाँलमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको सामान्य उदाहरणहरु भेटिने गरेका छन् । मानव बेचविखन अन्त्य गर्न हरेक राष्ट्रको सरकारले गरिवी हटाउने कामलाई विशेष जोड दिने र रोजगारीको अवसर सिर्जना गर्ने नीति अपनाउनु पर्दछ ।

नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।

कहिले सयौं नेपाली बालबालिकाको शरीरबाट विक्री हुने अंगहरु झिकेर विक्री गरिएको खवरहरु भने कहिले आकर्षक जागिर लगाइदिने भन्दै भारतको कोठीमा बेचिएका युवतीहरुको खबर, हामी विकास र प्रगतिको प्रयास त गर्दैछौ तर यी र यी जस्ता थुप्रो सुन्न नसकिने घटनाहरु निर्मुल हुनु नै हाम्रो देशको असल सफलता र असल प्रगति हुनेछ। मानव बेचबिखन जस्तो अपराध अन्त्यको लागि आवाज उठाउ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 664

प्रतिक्रिया (०)

सम्बन्धित खबर