झापाको अर्जुनधारा ५र६ सिमाना छुट्याउने बाह्रदशी खोलामा माछा मार्नकोलागी घुइँचो लाग्ने गरेको छ ।
बर्ष संगै आएको भेलबाढीमा दिनरात नभनी माछामार्नेहरुको भिड लाग्ने गरेको हो । दिउँसो भन्दा राती माछा खोज्न निस्कनेको संख्या धेरै छ । राती टर्चलाईटको उज्यालो माछा केन्द्रिकृत हुने गर्दा धेरै माछा समाउन सकिने भएकोले राती माछामार्न आउने गरेको स्थानिय गणेश अधिकारीले बताए ।
अधिकारी भन्छन् खोलाको माछा अर्गानिक हुन्छ बजार को भन्दा राम्रो र लोकल माछा पाइन्छ भन्नुहुन्छ । यस खोलामा पैया,पोथी, हिले, माहुर, कवाई, बुहाली, अन्धाबाम, चुचेबाम आदि प्रजातिका माछा हरु पाईन्छ ।
अर्जुनधारा–५कप्तनबारीका दर्जन भन्दा बढी घरका व्यक्तीहरु माछामार्न जाने गरेका छन । दिनभरी अरु काम गरेर रातीको समयमा जागर चलाएर माछा मार्न जाने गरेका छन, केहीले भने दिउसो पनि मार्ने गरेका छन । भनाई अनुसार जागरिलाको भागमा माछा र भात भन्ने भनाई सार्थक बनेको छ कप्तनबारी का दर्जन भन्दा धेरै परिवारमा ।