Aamsanchar

एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि, इटहरी उपमहानगरका सबै वडा कार्यालय बन्द

Author Image
बिहिवार, साउन १५, २०७७

सुनसरी ।  इटहरी उपमहानगरपालिका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि उपमहानगरपालिका र सबै वडा कार्यालयको कामकारबाहि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि
इटहरीमा कोरोनाको जोखिम बढेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।

पहिलो चरणमा उपमहानगर र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाव परीक्षण गर्ने र त्यसपछिको अबस्था हेरेर मात्रै कार्यालय खोल्ने निर्णय भएको मेयर द्धारिकलाल चौधरीले जानकारी दिए ।

इटहरी भित्र लाग्दै आएको हाटबजार पुर्ण रुपमा बन्द गर्ने, बाहिरी पसल, होटल तथा ब्यवसाय स्वास्थ्य अबस्थालाई ध्यान दिएर मात्रै खोल्न पाउने जस्ता निर्णय गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर