Aamsanchar

विराटनगरमा लकडाउन घोषणा

Author Image
शुक्रवार, साउन १६, २०७७

शुक्रबार बसेको महानगरको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो । लकडाउनपछि बीचको अवस्थालाई हरेर थप निर्णय गरिने महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

यसैबीच विराटनगर महानगरपालिकामा शुक्रबार थप १० जनामा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार थप ४ महिला र ६ पुरुषसहित १० जना कोरोना संक्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।

योसँगै महानगरभित्रकामा कोरोना संक्रमितको संख्या १०७ पुगेको छ । कोरोना पोजेटिभ देखिएकामध्ये ४ जना कोसी अस्पतालमा परीक्षण गराएका हुन् भने अन्य ६ जना महानगरकै विभिन्न वडाबाट महानगरले स्वाब संकलन गरेकाहरु हुन् ।

संक्रमितहरुमा तीन जना कोशी अस्पतालका कर्मचारी छन् । विराटनगर–५ का एक महिला र एक पुरुष, विराटनगर–२ का एक महिला र एक पुरुष, विराटनगर–११ का १ महिला र १ पुरुष, विराटनगर–६ का एक पुरुष, विराटनगर १७ का एक पुरुष, विराटनगर १२ का एक पुरुष र वडा नखुलेका अर्का पुरुषमा संक्रमण देखिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । प्रयोगशालाहरुबाट रिपोर्ट आउने क्रम नसकिएकोले संक्रमितको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर