चारपाने । झापाको बिर्तामोडमा इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरीकार्यालयलाई स्थानिय सामाजिक संस्था रोटरी क्लव अफ बिर्तामोड मिट टाउनले ८० थान फेसशिल्ड वितरण गरेको छ ।
इलाका प्रहरी कार्यलयलाई ५० थान र जिल्ला ट्राफिक कार्यालयलाई ३० थान फेसशिल्ड प्रदान गरिएको थियो ।
बिर्तामोडमा कोरोना संक्रमणको त्रास बढेपछी फ्रन्टलाईमा रहेर काम गर्ने प्रहरीहरुको सुरक्षाको लागि क्लवले आईतबार फेसशिल्ड वितरण गरेको हो ।
रोटरी क्लव अफ बिर्तामोड मिट टाउनका अध्यक्ष प्रसान्त भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, रोट्रयाक्टका संस्थापक अध्यक्ष शरद जोशी लगायतको उपस्थिती रहेको थियो ।
रोटरी क्लव अफ बिर्तामोडको संयोजनमा भएको कार्यक्रमा रोट्रयाक्ट क्लव बिर्तामोड मिटटाउन, इनरह्वील क्लब बिर्तामोड मिटटाउन र इन्ट्रायक्ट क्लव देवभूमीको संयूक्त आयोजना रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।