Aamsanchar

क्वारेन्टिनमा बसेकी युवतीले गरीन् आत्महत्या

Author Image
शुक्रवार, साउन २३, २०७७

काठमाडौं । काभ्रेको क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले आत्महत्या गरेकी छिन् । साउन १६ गते दुबईबाट नेपाल आएर उनी गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

काभ्रेको बेथानचोक गाउँपालिका वडा न। ४ घर भएकी युवतीले शुक्रबार दिउँसो झुण्डिएर आत्महत्या गरेकी हुन् । उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिनको व्यवस्थापनको लापरवाहीले भएको भन्दै आक्रमण गरेका छन् । आक्रोसित आफन्तले क्वारेन्टिन भवन र त्यहाँ खटिएका स्वास्थ्यकर्मी माथि पनि ढुंगामुढा प्रहार गरेका थिए । आफन्तले प्रहार गरेको ढुंगा मुढाले एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर