Aamsanchar

नदीमा मृत गैँडा फेला

Author Image
मङ्गलवार, साउन २७, २०७७

चितवन । राप्ती नदीले बगाएर मंगलबार एउटा गैँडा मरेको छ ।

निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजिकै नदीमा आज मृतावस्थामा गैँडा फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करीब १५–२० वर्षको पोथी गैँडा नदीमा मृत भेटिएको हो । मेघौली नजीक राप्ती नदीमा बाढी घट्दै गएपछि गैँडा देखिएको प्रारम्भिक अनुमान गरिएको रानाभाटले जानकारी दिए । उनका अनुसार नदीमा रहेको गैँडालाई बाहिर ल्याएर परीक्षण गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर