Aamsanchar

ठुलो परिणाममा अबैध ओरियन कम्पनीको सामान बरामत

Author Image
बुधवार, साउन २८, २०७७


बिर्तामोड । झापाको मेचीनगरबाट ओरियन कम्पनीकोे समान प्रहरीले बरामत गरेको छ ।

नेपालमा अबैध ठहरिएको औषधि जन्य समान लगायत गरि १८ लाख ७९ हजार ६ सय मुल्य बराबरको सामान प्रहरीले बरामत गरेको हो ।

मंगलबार नगरपालिकाको वडा नं. १५ हेल्दुबारी स्थितबाट बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट लुकाई छिपाई नेपाल तर्फ भन्सार छली गरेर ल्याउदै गरेको अबस्थामा उक्त सामानहरु बरामत भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी भन्सार छलीगरेर ल्याईदै गरेको तयारीकपडा कुर्ता सुरुवाल, बाबा खैनी गरि ६७८ हजार ३ सय ७० रुपैया बराबरको समान बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काकडभिट्टामा पठाइएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी राकेश थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर