Aamsanchar

कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९१ पुग्यो

Author Image
बिहिवार, साउन २९, २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको छ । बुधबार एकै दिन ८ जनाको मृत्यु भएपछि नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९१ पुगेको हो ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले धनुषाका २ जना, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एकरएकजना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका थिए ।

कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको मन्त्रालयले जनाएको छ । हाल ७ हजार ६१३ आइसोलेसनमा छन् भने १४ हजार ८४६ क्वारिन्टिनमा छन् ।

हालसम्म १६ हजार ७२८ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर