Aamsanchar

सामाजिक संजालमा अफवाह फैलाउने आजतकका नेपाल ब्यूरो शर्मा पक्राउ

Author Image
शनिवार, साउन ३१, २०७७

काठमाडौं । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न भारतले सार्पसुटर खटाएको छ’ भन्दै फेसबुकमा स्टाटस लेखेर अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनिल शर्मा भन्ने व्यक्ति रहेको महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

परिसरको टोलीले शर्मालाई बिहीबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ परेका शर्माविरुद्ध साइबर अपराधमा अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ।

शर्माले आफू भारतीय मिडिया आजतकको नेपाल ब्यूरो प्रमुख रहेको र विश्व हिन्दू महासंघको आजीवन सदस्य रहेकोसमेत बताएको एसएसपी ज्ञवालीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर