Aamsanchar

विराटनगरमा निजी क्षेत्रबाट पीसीआर जाँच सुरु गर्ने तयारी

Author Image
आइतवार, साउन ३२, २०७७

विराटनगर । विराटनगरको नोवेल मेडिकल कलेजले पीसीआर जाँच सुरु गर्ने भएको छ । विराटनगरमा पहिलो पटक निजी क्षेत्रबाट नोबेल मेडिकल कलेजले पीसीआर जाँच सुरु गर्न लागेको हो ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार नोबेलले एकसाता भित्र कोरोना जाँच सुरु गर्ने छ । ‘आज भोली भित्र मेसिन आइपुग्छ ।’ उनले भने ‘ अहिले प्रयोगशाला भएको स्थानमा राख्न मिलेन् । छुट्टै स्थानमा सेटअप गर्न केही दिन लाग्छ ।’ ढिलोमा एकसाता भित्र कोरोना जाँच सुरु हुने उनको भनाई छ ।

कोरोना जाँचका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिएर मेसिन ल्याइएको उनले बताए । प्रदेश १ को चार स्थानमा कोरोना जाँच हुँदैछ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर र मेची अस्पताल झापामा कोरोना जाँच भइरहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 274

प्रतिक्रिया (०)

सम्बन्धित खबर