Aamsanchar

फेसबुकमा चिनजान भएको युवकलाई होटलमा भेटन जाँदा

Author Image
आइतवार, साउन ३२, २०७७

काठमाडौं ।  सामाजिक संजाल फेसबुकमा सामान्य चिनजान भएको युवकलाई होटलमा भेट्नजाँदा एक युवती बलत्कारीको जालमा परेकी छिन ।

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरले ति युवतीलाई जबरजस्ती करणी गरेको घटना बाहिरिएको छ ।

उनले युवतीलाई फकाएर होटेलमा बोलाइ गत बिहीबार जबरजस्ती गरेका थिए । युवतीले दिएको उजुरीका आधारमा मानन्धरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर