Aamsanchar

श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती सक्त घाइते

Author Image
सोमवार, भदौ १, २०७७

अर्जुनधारा । झापाको  अर्जुनधारा नगरपालिका वडा नं. २ खुदुनाबारीस्थित एक गाउँमा श्रीमानले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।

सामान्य घरायसी विवादमा अर्जुनधारा २ को चौरासे भन्ने स्थानमा स्थानीय राजेन्द्र अधिकारीले श्रीमती लक्ष्मी अधिकारीमाथि अन्धाधुन्ध हतियार प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी शनिश्चरेका अनुसार हतियार प्रहारबाट श्रीमती लक्ष्मीको हातमा गहिरो चोट लागेको छ भने घाँटीको पछाडिको भागमा पनि चोट पुगेको छ ।

सोमबार बिहान घर नजिकै रहेको बारीमा घाँस काटिरहेको अवस्थामा राजेन्द्रले श्रीमतीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको प्रहरी नायव निरीक्षक सूर्यबहादुर बस्नेतले जानकारी दिए ।

घरायसी झगडामा हतियार प्रहार गरेका श्रीमान तत्काल जंगलतर्फ भागेकाले गाउँलेको सहयोगमा खोजी गरे पनि फेला पार्न नसकिएको प्रहरीको भनाइ छ । घाइते लक्ष्मीको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर