Aamsanchar

झण्डा जलाउनेलाई कारवाही गर्न माग

Author Image
मङ्गलवार, भदौ २, २०७७

श्रव्य दृश्य निर्माण गरेर नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य सहित जातिय एवं साम्प्रदायिक सद्भाव विथोल्न खोज्ने गिरोहको घोर भर्त्सना गर्दै दोषीलाई कडा भन्दा कडा कारवाही गर्न मौलिक जरोकिलो पार्टी जोडदार माग गर्दछ । यस घटनालाई नेपालमा द्वन्द्व भड्काउन र यहाँका मौलिक धार्मिक सम्प्रदाय मास्नको निम्ति पछिल्लो समय भइरहेको कित्ताकाटको शृंखलाको रुपमा पार्टीले लिएको छ ।

केही दिनअघि ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित निर्माणाधीन किरात धर्मका प्रवर्धक तथा १६ औं राष्ट्रिय विभूति महागुरू फाल्गुनन्द लिङ्देनको शालिक अज्ञात समूहले तोडफोड गरेको समाचार सार्वजनिक भएको थियो । यस अघि लुम्बिनी क्षेत्रमै बुद्धको मूर्तिको मुर्ति तोडफोड भएको थियो । एकपछि अर्को गरी नेपालमा जातिय एवं साम्प्रदायिक कित्ताकाट गर्दै द्वन्द्व मच्चाउने तत्व सक्रिय रहेको पार्टीले ठहर गरेको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको हुँदा यी विविधता बीचको एकताबाट नै नेपालको राष्ट्रियता बलियो हुने पार्टीको ठहर छ । जातिय एवं साम्प्रदायिक कित्ताकाट गरी नेपालमा द्वन्द्व मच्चाएर आफ्नो स्वार्थ लाद्न चाहने तत्व सक्रिय रहेको हुँदा घृणावादीको उत्तेजनामा नपर्न र सबै नागरिकहरु एक आपसमा सहृदयताको सम्बन्ध स्थापना गर्नको लागि स्वक्रियात्मक भएर लाग्न मौलिक जरोकिलो पार्टी हार्दिक अनुरोध गर्दछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर