Aamsanchar

रानीमा कार्यरत थप ४२ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

Author Image
मङ्गलवार, भदौ २, २०७७

विराटनगर । विराटनगरको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानीमा कार्यरत थप ४२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विराटनगरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका ९६ जनामध्ये ४२ जना प्रहरी कर्मचारी हुन् । जसमा १० महिला र ३२ जना पुरुष छन् । सशस्त्र प्रहरी गण प्रदेश १ प्रहरी कार्यालयकै छेउमा छ ।

५० जना प्रहरीको स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा ४२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक पोखरेलले प्रहरी कर्मचारीमा कोरोना देखिएको पुष्टि भए पनि संख्या यकिन नभएको बताए । प्रहरीभित्र संक्रमण व्यापक रहेको पाइएपछि गणलाई सिल गरिएको बताइएको छ । संक्रमण अन्यत्र फैलन दिन बाहिरबाट भित्र र भित्रबाट बाहिर आउजाउ बन्द गरिएको प्रहरी स्रोतले बतायो ।

प्रदेशमा सोमबारसम्ममा ८६ जना प्रहरी संक्रमित बनेका थिए । मंगलबार ४२ जना थपिएसँगै प्रदेश १ मा संक्रमित प्रहरीको संख्या एक सय २८ पुगेको छ । ती मध्ये ३८ जना प्रदेश प्रहरी कार्यालयका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर