Aamsanchar

मेचीनगरमा लकडाउन खुकुलो

Author Image
बुधवार, भदौ ३, २०७७

काँकडभिट्टा । मेचीनगर नगरकार्यपालिकाको कार्यालयले नगरका तीनवटा वडमा अर्को व्यवस्था नभईञ्जेल साउन २८ गतेदेखिको लकडाउनलाई निरन्तरता दिने भएको छ ।
साउन २८ गते रातको १२ बजेदेखि भदौ ३ गते रातको १२ बजेसम्म नगरका १६ वटै वडामा लकडाउनको घोषणा गरेपनि बुधबार बसेको बैठकले नगरका वडानम्वर ६,७ र ८ नम्वर वडामा लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । संक्रमक रोग एैन सन् २०२० को दफा २ अनुसार तीनवटा वडामा अत्यवश्यक र मालवहाक बाहेकका सवै सवारी साधन सञ्चालन नगर्ने, अत्यवश्यक कामदेखि बाहेक अन आफ्नै घरमा सुरक्षितरूपमा बस्ने, सामाजिक दुरी कायम गरि कृषि कार्य गर्न सक्ने, विशेष कार्यका लागि प्रयोग गरिने साधन पालिकाले उपलब्ध गराएको पास लिएर चलाउन सकिने, वित्तीय संस्थाहरूको हकमा नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम संञ्चालन गर्ने, डेरी, खाद्यान्न तथा सागसव्जी पसल पुर्ण स्वास्थ्य सुरक्षण विधि अवलम्वन गरि विहान ८ देखि १० बजेसम्ममात्र सञ्चालन गर्ने, अस्पताल र अन्य स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्र नियिमत संचालन हुने, नगरक्षेत्रभित्रका शैक्षिक संस्था, होटल, सपिङ महल, सैलुन, व्युटीपार्लर बन्द गर्ने निर्णय बैठकले गरेको छ ।

नगरप्रमुख विमल आचार्यद्वारा हस्ताक्षरित सार्वजनिक सुचनाको बोद्धार्थ जिल्ला प्रशासन कार्यलय झापालाई दिएको छ ।

मेचीनगर नगरपालिकाक्षेत्रमा नगरपालिकाकोतर्फबाट समुदायस्तरमा नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमणको परीक्षण भईरहेकोमा केही वडामा संक्रमण देखिएको कारण समुदायस्तरमा पीसीआर परीक्षणको दायरा बढाई समुदायलाई सुरक्षित राख्न नगरपालिकाक्षेत्रभित्र साउन २८ देखि भदौ ३ गतेसम्म संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम नगरका उक्त वडामा अर्को सुचना जारी नभईञ्जेलसम्म लकडाउनलाई निरन्तरतन दिने र बाँकी वडाहरूको हकमा संघीय सरकारको कोभिड १९ संक्रमण नियन्त्रणका लागि निषेधित गरिएका क्षेत्रबाहेक अन्य सेवा सुचारू हुने नगरप्रमुख आचार्यले बताउनुभयो ।

नगरप्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिकाका सदस्यहरू, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गलगायतको सहभागिता थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर