Aamsanchar

फ्याकिएको झोला प्रहरीले खोल्दा १६ लाख बरामत

Author Image
शनिवार, भदौ ६, २०७७

प्रतिकात्मक तस्वीर

काठमाडौं । बाराको गढीमाई नगरपालिका वडा नम्बर ७ बेनौलीबाट अवैध १६ लाख रुपैयाँ बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले पश्चिम बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई चेकजाँच गर्न खोल्दा मोटरसाइकलका चालक आफूले बोकेको झोला फ्याकी भागेको र सो झोला खोलेर हेर्दा १६ लाख नगद भेटिएको हो ।

उनका अनुसार झोलामा ५०० दरको १६७६ थान र हजार दरको ७६२ थान नेपाली रुपैयाँ बरामद भएको छ ।
घटनाबारे अनुसन्धान हुनुका साथै अभियुक्तको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर