Aamsanchar

मेचीनगरमा चारजना कोरोना मुक्त

Author Image
आइतवार, भदौ ७, २०७७

काँकडभिट्टा ।  झापाको मेचीनगरबाट आईतबार एकजना चिकित्सकसहित चारजना नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट मुक्त भएका छन् ।

कोरोना  मुक्त हुनेमावडानम्वर १० मा रहेको आम्दा मेची अस्पताल धुलावारीमा कार्यरत २९ वर्षीय एक पुरूष चिकित्सकसहित वडानम्वर १० कै ६० र २४ वर्षीया एक। एक महिला र सोहि वडाका १३ वर्षीय किशोर रहेका छन् ।

उनीहरू १ नम्वर प्रदेश सरकारको अनुदानमा नगरको ११ नम्वर वडामा नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड १९ आईसोलेसन सेन्टरबाट डिस्चार्ज भएका हुन ।
उनीहरूलाई आईसोलेसन सेन्टरका प्रमुख सविता निरौला, नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडानम्वर ४ का वडाध्यक्ष नवीन वराल, वडानम्वर ११ का वडाध्यक्ष सन्तोष मेचेले फुलका गुच्छा डिस्चार्ज सर्टिफिकेट प्रदान गरेर विदाई गर्नुभएको नगरका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।
यसअघि उहाँहरूको पीसीआर रिपोर्ट पोजेटिभ आएका कारण कोभिड १९ आईसोलेसनमा राखिएको थियो । भदौ ५ गते गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सुरक्षित तथा व्यवस्थितरूपमा होम क्वारेन्टाइनमा बस्ने गरि चारजनालाई डिस्चार्ज गरिएको संयोजक बरालले बताउनुभयो । यो सँगै नगरमा कोभिड १९ लाई जितेर घर फर्किनेको संख्या ९६ पुगेको छ ।

मेचीनगरमा संक्रमितको संख्या १ सय ६ जना रहेको र बाकीको विभिन्न कोभिड अस्पतालमा उपचार भईरहेको छ । डिस्चार्ज भएर जानुअघि सवैलाई होम क्वारेन्टाइन, रोगका बारेमा आईसोलेसन प्रमुख निरौला प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
डिस्चार्ज भएकाहरूले आफुहरू आईसोलेसन सेन्टरमा बस्दाका अनुभव सुनाउदै नगरपालिकाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर