Aamsanchar

माईधारका मोती भट्टराईको घरमा फेला परेको शंकास्पद पोको भित्र उखुँका खोस्टा

Author Image
आइतवार, भदौ ७, २०७७

माईधार । झापाको  शिवसताक्षी नगरपालिका वडा नम्बर १० मा बम जस्तो देखिने शंकास्पद बस्तु बम नभएर उखुँ का खोस्टा, गिटी, पुरानो व्याट्री र तार राखिएको पोको रहेको पुष्टि भएको छ ।

वडा नं १० का मोती भट्टराईको घरमा नरिवलको डोरीले बाँधेर पोको पारेको शंकास्पद वस्तु फेलापरेपछि प्रहरी र नेपाली सेनाको बम डिस्पोजर टोली पुगेर खोल्दा उखुँका खोस्टा लगायतका बस्तु भेटिएको झापा प्रहरीका प्रवक्ता राकेश थापाले बताएका छन् । थापाले भने ‘उश्रृङखल व्यक्तीहरुले चौथी मनाउने क्रममा उक्त पोको राखिदिएको हुन सक्छ, नेपाली सेनाले आज बिहान ९ः५५ बजे पोको खोलेर हेर्दा कुनै विष्फोटक बस्तु नभएको प्रमाणित भएको हो’ ।

बिहान साढे ६ बजेतिर भट्टराईकी श्रीमती ईश्वराले खाना खाने डाइनिङ टेबलमा शंकास्पद बस्तु देखेकी थिइन् ।

यो पनि पढनु होस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 307

प्रतिक्रिया (०)

सम्बन्धित खबर