Aamsanchar

सुनसरीमा सात दिन निषेधज्ञा थप

Author Image
आइतवार, भदौ ७, २०७७

सुनसरी ।  सुनसरी जिल्लामा कोरोना संक्रमितको संख्या दिन दिनै बढन थालेपछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले फेरि ७ दिन निषेधित क्षेत्रको समय थप गरेको छ ।

आज जिल्ला जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सुरक्षा समितिको बैठकले भदौ १४ गते मध्यराती १२ बजेसम्म सुनसरी जिल्लामा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी गरिएको सूचनामा भदौ १४ गते मध्यराती १२ बजेसम्म सुनसरी जिल्लामा अत्यावश्यक कामबाहेक हिँडडुल गर्न, व्यापार, व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ ।

सुनसरीमा कोरोना संक्रमितको संख्या दैनिक बढदै गएपछि यो दोश्रोपटक जिल्लामा निषेधित क्षेत्र घोषणाको समयावधी थप गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर