Aamsanchar

झापा गाउँपालिका कामाटोलीमा गोली चल्यो, एक घाईते, स्थिति तनावग्रस्त

Author Image
बुधवार, भदौ १०, २०७७

झापा – झापा गाउँपालिकामा आज साँझ गोली चलेको छ । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको हो । स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ ।

गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्लामा लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएको झापा गाउँपालिकाका प्रमुख जय नारायण साहले बताए ।

सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा गएको सशस्त्र प्रहरी टोलीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । स्थानीय आलम घाइते भएका हुन् । उनको पेटमा गोली लागेको छ । उनलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको छ । थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर