Aamsanchar

अवैध रकम ओसारपसार गर्ने रौतहटबाट एक जना पक्राउ

Author Image
शुक्रवार, भदौ १२, २०७७

रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ६ लाख ४० हजार स्रोत नखुलेको रुपैयासहित १ जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ईशनाथ नगरपालिका ९ लवतना गाँउ नजिकैबाट स्थानीय लक्ष्मण साहका छोरा १६ वर्षीय मनोजकुमार साहलाई गस्ती टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटरबाट डिएसपी नरेश भण्डारीको कमाण्डमा गएको टोलीले ईशनाथ २ औरैयाका साहबाट चेकजाँचको क्रममा भारतीय नम्बरको मोटरसाईकलसहित उक्त रकम बरामद गरिएको हो । बरामद रुपैयाँ, मोटरसाईकल र मनोजकुमारलाई आवश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्रका एसपी सुर्यबहादुर सेन ओलीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर