Aamsanchar

कोरोना भाइरस संक्रमित महिलाको मृत्यु

Author Image
शुक्रवार, भदौ १२, २०७७

मोरङ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ । सिरहाको लाहान घर भएकी ६५ वर्षीया मुस्लिम समुदायकी महिलाको बिहान १०ः४५ बजे मृत्यु भएको केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताए । महिलालाई उपचारका लागि बिहीबारराति १० बजे कोभिडमा भर्ना गरिएको थियो । सिग्देलका अनुसार बिहान ७ बजेबाट स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार थालिए पनि बचाउन सकिएन ।

त्यसअघि श्वासप्रश्वासमा समस्या भएसँगै उनलाई बिहीबार साँझ कोशी अस्पताल लगिएको थियो । अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थाल्दै कोरोनाको आशंकामा प्रयोगशालामा स्वाबको परीक्षण गराउँदा केही बेरमै रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि राति उनलाई कोभिड–१९ उपचार केन्द्रमा सारेर थप उपचार थालिएको थियो ।

मृतकमा दमको पुरानो समस्या रहेको डा. सिग्देलले बताए । प्रहरीले भने मृतक महिला लाहान घर भई विराटनगर–१० मा डेरा बस्दै आएको जनाएको छ । डा. सिग्देलले महिलाको शव व्यवस्थापनको पहल भइरहेको जानकारी दिए । श्रोत : पूर्वेली न्युज

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर