Aamsanchar

सरकारी जग्गा किन बेच गर्ने ठुलो गिरोह पक्राउ

Author Image
शुक्रवार, भदौ १२, २०७७

उदयपुर ।  उदयपुरमा सरकारी जग्गा अतिक्रमण गरी खरिद विक्री वितरण गर्ने एक गिरोह पक्राउ परेका छन् ।

बेलका नगरपालिका–३ सिरिया टप्पुमा सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरि प्लटिङ गरेर खरिद विक्रि गर्ने गिरोह १९ लाख ८ हजार नगदसहित ७ जना पक्राउ परेका हुन् ।

प्रतिकात्मक तस्वीर

बेनपा–३ निबासी ५४ वर्षिय प्रदिप भन्ने दलबहादुर थापा, वडा नम्बर ६ सृजना टोलका २६ वर्षिय प्रकाश चन्द्रबंशी, भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ का ४३ वर्षिय देवराज राई, ३८ वर्षिय मणिराज राई, भोजपुर नगरपालिका–३ बोखिम निबासी ३७ वर्षिय सन्तोषकुमार राई, खोटाङ साकेला गाउँपालिका–२ निबासी ४७ वर्षिय धनकुमार राई, स्थायी घर साकेला गाउँपालिका भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–२० निबासी ३० वर्षिय मनकुमार राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बेलकाको सिरिया टप्पुको वन क्षेत्रमा जग्गा अतिक्रमण गरी पल्टीङ गरी विक्री वितरण भईरहेको भन्ने विशेष सुचनाको आधारमा डिभिजन वन कार्यालय गाईघाटसँग समन्वय गरी ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटेका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जग्गा खरिद विक्री गर्ने गिरोहले ३ विगहा ४ कठ्ठा जग्गा खरिद विक्री गरिरहेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट १२ लाख १८ हजार नगद सहित सेन्चुरी बैंक इटहरी शाखाका एउटा चेक ३ लाख ७० हजार र अर्को चेक ३ लाख २० हजार सहित जग्गा खरिद विक्री गर्ने गिरोह पक्राउ परेको जिप्रका उदयपुरले जनाएको छ ।

पक्राउ परेको सवैलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गाईघाट उदयपुर पठाईएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई विहिबारै स्वास्थ्य परीक्षण गरी थप अनुसन्धानको लागि राखिएको वन डिभिजन कार्यालय गाईघाट, उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर