Aamsanchar

काँकरभिट्टामा कार्यरत ३२ जना सशस्त्र प्रहरीले कोरोनालाई जिते

Author Image
मङ्गलवार, भदौ १६, २०७७

मंगलबार १० वर्षीया बालिकासहित चारजना डिस्चार्ज

मेचीनगर।  मंगलबार मेचीनगरमा दुई सुरक्षाकर्मीसहित चारजना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन वरालका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत २५ र २७ वर्षका पुरुष सरक्षाकर्मी तथा मेचीनगर २ नम्बर वडाका १० वर्षीया बालिका र वडानम्बर ९ का ३७ वर्षीय पुरुष निको भएर घर फर्केका हुन् ।

सुरक्षाकर्मी दुवैजना कोभिड अस्पताल सुन्दरहरैचा मोरङ गोठगाउँ र अन्य दुईजना १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर ११ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थापन गगरिएको आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका हुन् । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत ३२ जना सशस्त्र प्रहरीमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएपनि सवै निको भएर कार्यक्षेत्रमा फर्किसकेका छन् । यो सँगै मेचीनगरमा कुल संक्रमि १ सय ९ जनामध्ये १ सय २ जना निको भएर घर फर्केका छन् ।

बाकी सातजना १ नम्बर प्रदेशका विभिन्न कोभिड अस्पतालमा उपचार गराइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार सोमबारसम्ममा ३ हजार ३ सय ४९ जनाको थ्रोड स्वावको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि १ नम्बर प्रादेशिक प्रयोगशाला विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठान धरानको माईक्रो बायोलोजिकल विभाग र मेची प्रादेशिक अरुपताल भद्रपुरको प्रयोगशालामा पठाइएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर